वि.सं:
नेपाल संवत: ११४६ कछलागा सप्तमी - २२
मनाङ अस्पताल २०४६ सालमा निर्माण सम्पन्न भई निरन्तर सेवा प्रदान गरिरहेको छ । हिमाली भेगको विकट भौगोलिक क्षेत्रका जनतालाई प्राथमिक तथा उपचारात्मक सेवा दिने उदेश्यले २०४६ साल फाल्गुन १९ गते तत्कालिन श्री ५ बडामहारानी ऐश्वोर्य बाट उद्घाटन भै संचालनमा आएको यस अस्पताल २०७५ मा गण्डकी प्रदेश अन्तर्गत रही संचलान हुदै आएको छ। विकट हिमाली क्षेत्रमा अवस्थित यस मनाङ अस्पताल साहसिक पदयात्राको प्रवेशद्धार चामेमा अवस्थित रहेकोले विदेशी तथा स्वदेशी पर्यटकलाई पनि स्वास्थ्य सेवा प्रदान गरि रहेको छ साथै प्रत्येक वर्ष लेक लागेर अकालमा हुने मृत्युदर घटाउन पनि यस अस्पतालको निकै ठुलो भुमिका छ ।
स्थापनाकाल देखिनै विभिन्न आरोह अवरोह पार गर्दै आएको यस अस्पतालको नेपालमा संविधान २०७२ मा उल्लेख भएको प्रत्येक नागरिकलाई राज्यबाट आधारभुत स्वास्थ्य सेवा निशुल्क प्राप्त गर्ने हकको आधारमा प्रदान गरिने सेवा लागायत, मातृशिशु मृत्युदर घटाउनको लागि गरिएको सरकारको निति अनुरुप सेवा प्रदान गर्दै आएको छ ।